नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस गर्दा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम समावेश गरेको छैन। अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेससँगको गठबन्धनमार्फत प्रचण्ड यही क्षेत्रबाट निर्वाचित भएका थिए। तर यसपटक पार्टीले गोरखा–२ का लागि फरक अनुहारहरू अघि सारेको छ।
नेकपा गोरखाले नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे, लेखनाथ न्यौपाने, सानुमाया बस्नेत र अनिश अर्याललाई उम्मेदवारका रूपमा सिफारिस गरेको जानकारी दिएको छ। प्रचण्ड भने गोरखा–१ बाट उम्मेदवार सिफारिसमा परेका छन्। यद्यपि, उक्त क्षेत्रबाट उनको नाम एकल रूपमा अघि सारिएको छैन। गोरखा–१ बाट प्रचण्डसहित हरिराज अधिकारी, जगन्नाथ खनाल, शोभा लामिछाने र सागर श्रेष्ठको नाम सिफारिस सूचीमा परेको छ।











![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)





प्रतिकृया