नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईलाई कटाक्ष गर्दै आलोचना गरेका छन्।
बुधवार रुकुम पूर्वमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भट्टराईलाई “सबैभन्दा बुद्धि नभएका डाक्टर” भन्दै टिप्पणी गरेका हुन्।
पत्रकारहरूले बाबुराम भट्टराईसँग सम्भावित पार्टी एकताको विषय उठाउँदा प्रचण्ड आक्रोशित हुँदै भने, “सबैभन्दा बुद्धि नभएको डाक्टर भनेर चिन्छन् मान्छेले। त्यस्तासँग के गरी एकता गर्ने?”उनका अनुसार, गत निर्वाचनमा बाबुरामसँग पार्टी एकताको आशामा आफू गोरखा निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका थिए। तर, पछि भट्टराईले कम्युनिस्ट नाम र सिद्धान्तप्रति नै अस्वीकार जनाएपछि एकताको आधार समाप्त भएको उनले बताए।
“गोरखाबाट लड्दा चुनाव मात्र होइन, पार्टी पनि एउटै बनाउने भनिएको थियो। तर, उहाँले कम्युनिस्टको नाम सुन्नै चाहनुभएन। भन्नुभयो – कम्युनिस्ट पार्टीको नाम राख्ने हो भने म एकता गर्दिनँ। यस्तोमा बाबुरामका लागि म मर्ने?” प्रचण्डले भने।
प्रचण्डले बाबुराम भट्टराई अहिले प्रतिक्रियावादी शक्तिहरूसँग नजिकिएको आरोप पनि लगाए। “मार्क्सवाद र कम्युनिस्ट नामै नचाहने भएपछि यस्तोसँग कसरी एकता गर्ने? अहिले त उहाँ पूरै प्रतिक्रियावादीसँग मिल्नुभएको छ। तर प्रतिक्रियावादीले पनि पत्याउँदैनन्। देशभरि हाँसोको पात्र बन्नुभएको छ बाबुराम। कस्तो बुद्धि नभएको डाक्टर!” उनले थपे।

















![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)
प्रतिकृया