प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले समेत खरिद गर्न पाउने
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २ लाख २१ हजार ६५० कित्ता सेयर बिक्रीमा ल्याएको छ। कम्पनीको उक्त सेयर सर्वसाधारणले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज (फागुन ६ गते) बाट ७ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।