नुवाकोटको ताँदी खोलामा निर्माणाधीन ५.५ मेगावाट क्षमताको मध्यताँदी जलविद्युत आयोजनाका लागि आवश्यक लगानी जुटिसकेको छ। दुप्चेश्वर महादेव हाइड्रो कम्पनीद्वारा प्रवर्द्धन गरिएको यो आयोजनाको अनुमानित लागत १ अर्ब १० करोड रुपैयाँ रहेको छ, जसको ७१ करोड ४४ लाख रुपैयाँ प्रभु बैंकले लगानी गर्नेछ।
शुक्रवार काठमाडौंमा आयोजना गरिएको लगानी सम्झौतापत्रमा आयोजनाका तर्फबाट अध्यक्ष अनिल जोशी र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको उपस्थितिमा परियोजना प्रमुख दीपेश पोखरेलले हस्ताक्षर गरेका थिए। सम्झौता अनुसार आयोजनामा प्रभु बैंकको ६५ प्रतिशत र निर्माण कम्पनीको ३५ प्रतिशत लगानी रहनेछ।
दुप्चेश्वर गाउँपालिका–६ मा आयोजना निर्माण कार्य सुरु भइसकेको छ। प्राविधिक सल्लाहकार इञ्जिनियर सरोज खनालका अनुसार हाल सडक, आवासगृह लगायतका पूर्वाधार निर्माणको काम जारी छ।
आयोजना आगामी १५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यहाँबाट उत्पादित विद्युत् ६ किलोमिटर लामो प्रशारण लाइनमार्फत नुवाकोटको समुद्रटार सवस्टेशनसम्म पुर्याइनेछ र त्यहाँबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ।













![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया