नेपाल राष्ट्र बैंकले कार्यकारी निर्देशक गुरु पौडेललाई नयाँ प्रवक्ताको जिम्मेवारी दिएको छ। यसअघि प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका किरण पण्डितलाई हटाएर पौडेललाई यो अतिरिक्त जिम्मेवारी प्रदान गरिएको हो।
पौडेलले २०५९ सालमा नेपाल राष्ट्र बैंकमा प्रवेश गरेका हुन्। उनले बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, र बैंक सुपरीवेक्षण विभागको नेतृत्वसमेत गरिसकेका छन्।
हाल उनी मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत छन्।




















प्रतिकृया