रामेछाप अस्पतालमा निमित्त मेडिकल सुपरिटेण्डेन्टको जिम्मेवारी सम्हाल्दै आएका डा. केशव श्रेष्ठ सोमबार बिहानदेखि सम्पर्कविहीन भएका छन्। उनले बिहान झण्डै दुई घण्टा अघि आफ्नो फेसबुकमा लामो भावनात्मक स्ट्याटस लेखेका थिए, त्यसपछि उनी सम्पर्कमा आएका छैनन्।
श्रेष्ठले लेखेको स्ट्याटसमा आफूलाई गल्ती नहुँदा-नहुँदै कारबाही गरिएको, मानसिक यातना दिइएको र अन्ततः आत्महत्या गर्न बाध्य पारिएको उल्लेख छ। उनले आफ्नो मोबाइल फोन पनि बन्द गरेका छन्।
उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपीले जानकारी दिए। स्ट्याटस देखेपछि काठमाडौं प्रहरीलाई पनि सूचित गरिएको छ। श्रेष्ठको स्थायी निवास काठमाडौं चाबहिलस्थित गोपीकृष्णमा रहेको र उनका परिवारसँग सम्पर्क गर्ने प्रयास गर्दा फोन नउठेको प्रहरीले जनाएको छ।
श्रेष्ठ गत शुक्रबार मात्र रामेछापबाट बागमती प्रदेशअन्तर्गतको स्वास्थ्य मन्त्रालय, हेटौंडा सरुवा भएका थिए। फेसबुक स्ट्याटसमा उनले सरुवा आर्थिक चलखेलका आधारमा गरिएको र आफ्ना विरुद्ध झुटा आरोप लगाइएको गुनासो पोखेका छन्।
डा. श्रेष्ठले आफ्नो डाक्टर बन्ने संघर्षदेखि अस्पताल व्यवस्थापनमा सुधार ल्याउन गरेको प्रयास, भ्रष्ट अभ्यास विरुद्धको कदम र त्यसपछि भोग्नुपरेको अन्यायबारे खुलेर लेखेका छन्। स्ट्याटसमा उनले स्वास्थ्य मन्त्रालय, केही नेताहरू र अस्पतालका केही कर्मचारीहरूको मिलेमतोमा आफूलाई मानसिक तनावमा पारिएको दाबी गरेका छन्।
साथै उनले आफ्नी आमा, श्रीमती र छोरीसँग माफी माग्दै सबैलाई ‘अलविदा’ भनेका छन्।



















![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-150x150.png)
प्रतिकृया