प्रधानमन्त्री ओली र स्पेनका समकक्षी साञ्चेजबिच भेटवार्ता, नेपालमा दूतावास खोल्न आग्रह

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार १६ गते
प्रधानमन्त्री ओली र स्पेनका समकक्षी साञ्चेजबिच भेटवार्ता, नेपालमा दूतावास खोल्न आग्रह

संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजबीच आइतबार सेभिल्ला शहरमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ।

भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो। विशेष गरी पर्यटन प्रवर्द्धन, जलवायु परिवर्तनको असर, आपसी लगानी, जनता–जनताबीच सम्पर्क विस्तारलगायत विविध विषयमा विचार विमर्श भएको हो।

प्रधानमन्त्री ओलीले समकक्षी साञ्चेजलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रण दिनुका साथै नेपालमा स्पेनको दूतावास खोल्न आग्रह गरेका थिए। जवाफमा प्रधानमन्त्री साञ्चेजले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा नेपालको योगदानप्रति प्रशंसा व्यक्त गरे।

उक्त भेटवार्तामा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव अमृतबहादुर राई, अर्थ सचिव घनश्याम उपाध्याय, स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल तथा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल सहभागी थिए।

प्रधानमन्त्री ओली मेड्रिड हुँदै सेभिल्ला पुगेका हुन्। उनले सम्मेलनअन्तर्गत आयोजित नागरिक समाज मञ्चमा प्रमुख अतिथिका रूपमा सम्बोधन पनि गरेका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स