सरकारको आलोचना गरेका राज्यमन्त्रि कान्छारामलाई प्रधानमन्त्री ओलीले गरे बर्खास्त

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख १० गते
सरकारको आलोचना गरेका राज्यमन्त्रि कान्छारामलाई प्रधानमन्त्री ओलीले गरे बर्खास्त
AdvertisementAds

ऊर्जा मन्त्रालयभित्रको आन्तरिक कलह चरम बिन्दुमा पुगेसँगै ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले पदमुक्त गरेका छन्। तामाङ पछिल्लो समय नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको बर्खास्तीको विषयलाई लिएर ऊर्जा मन्त्री दीपक खड्कासँग खुलेर असहमति जनाउँदै आएका थिए। उनले सार्वजनिक रुपमा सरकारको नीतिको आलोचना गर्दै आएका थिए।

यसबीच, गृहमन्त्री रमेश लेखकले उनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिन सुझाएका थिए। तर, तामाङले राजीनामा दिन अस्वीकार गरेपछि प्रधानमन्त्री ओलीले उनलाई औपचारिक रूपमा बर्खास्त गरेका हुन्। तामाङ यसअघि मन्त्रालयका सचिव सुरेश आचार्यसँग स्पष्टिकरण मागेर पनि विवादमा आएका थिए। नेपाली कांग्रेसको भागबाट सरकारमा आएका तामाङ पार्टी सभापति शेरबहादुर देउवाका निकटका नेता हुन्। उनी रामेछाप कांग्रेसका सभापति समेत रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स