प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दिउँसो १ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्। यसअघि प्रधानमन्त्री ओली शनिबार स्पेनको औपचारिक भ्रमणमा जान लागेका छन्।
मन्त्रिपरिषद् बैठक उनको भ्रमणअघि बोलाइएको हो, जुन नियमित रूपमा सोमबार र बिहीबार बस्ने गर्दछ।
प्रधानमन्त्री ओली असार १६ देखि १९ गतेसम्म स्पेनमा आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुनेछन्। भ्रमणका क्रममा उनले स्पेनका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् र नेपाल र स्पेनबीच सहयोग र सम्बन्ध विस्तारसम्बन्धी महत्वपूर्ण सहमतिपत्रमा हस्ताक्षर हुनेछ।
त्यसैगरी, उनले स्पेनस्थित नेपाली समुदाय र स्पेनी उद्योगी व्यवसायीसँग अन्तरक्रिया गर्नेछन् र सम्मेलनकै क्रममा अन्य महत्वपूर्ण द्विपक्षीय भेटघाट पनि गर्ने कार्यक्रम छ।














![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)



प्रतिकृया