रुसको सुदूर पूर्वी क्षेत्रमा ४९ जना सवार एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ। स्थानीय समाचार एजेन्सीका अनुसार, दुर्घटनामा कुनै पनि व्यक्ति जीवित छैनन्। साइबेरियास्थित ‘अंगारा’ एयरलाइनद्वारा सञ्चालित एन–२४ विमान चीनसँग सिमाना जोडिएको अमुर क्षेत्रको टिन्डा सहरमा अवतरण गर्ने क्रममा रेडारबाट सम्पर्कविहीन भएको थियो। रुसी उद्धारकर्मीहरूले विमानका जलिरहेका भग्नावशेष फेला पारेका छन्। रुसको नागरिक उड्डयन प्राधिकरणले एमआई–८ हेलिकप्टरमार्फत भग्नावशेषको अवलोकन गरेको छ।
टास समाचार एजेन्सीका अनुसार, खराब मौसम र कम दृश्यताका कारण अवतरणमा चालक दलको त्रुटि दुर्घटनाको सम्भावित कारण हुन सक्ने बताइएको छ। विमानमा पाँच बालबालिकासहित ४३ जना यात्रु र ६ जना चालक दलका सदस्यहरू सवार थिए, यद्यपि आपतकालीन मन्त्रालयले संख्या करिब ४० बताएको छ।
(एजेन्सीहरुको सहयोगमा)

















![इन्स्योरेन्स र रि इन्स्योरेन्सहरुलाई रसुवा बाढीको असर कस्तो पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/NGMO2lMdmDk-maxresdefault-150x150.jpg)
प्रतिकृया