क्यानडामा ८० जना चढेको विमान अवतरण गर्ने क्रममा दुर्घटना
क्यानडाको टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा डेल्टा एयरलाइन्सको उडान ४८१९ अवतरण गर्ने क्रममा पल्टिएको छ। बीबीसीको रिपोर्ट अनुसार, विमान स्थानीय समयअनुसार दिउँसो २:४५ बजे दुर्घटनाग्रस्त भएको हो।
विमानमा ८० जना यात्रु सवार थिए। चिकित्सा टोलीका अनुसार १५ जना घाइते भएका छन्, जसमध्ये तीन जनाको अवस्था गम्भीर छ। घाइतेमध्ये एक बालक र दुई वयस्क रहेका छन्।
अमेरिकी सङ्घीय उड्डयन प्रशासन (FAA) का अनुसार सबै यात्रुहरू सुरक्षितरूपमा विमानबाट बाहिर निकालिएका छन्। हालसम्म विमान दुर्घटनाको कारण स्पष्ट नभएको बताइएको छ।
(एजेन्सीहरुको सहयोगमा)