क्यानडामा ८० जना चढेको विमान अवतरण गर्ने क्रममा दुर्घटना

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन ६ गते
क्यानडामा ८० जना चढेको विमान अवतरण गर्ने क्रममा दुर्घटना

क्यानडाको टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा डेल्टा एयरलाइन्सको उडान ४८१९ अवतरण गर्ने क्रममा पल्टिएको छ। बीबीसीको रिपोर्ट अनुसार, विमान स्थानीय समयअनुसार दिउँसो २:४५ बजे दुर्घटनाग्रस्त भएको हो।

विमानमा ८० जना यात्रु सवार थिए। चिकित्सा टोलीका अनुसार १५ जना घाइते भएका छन्, जसमध्ये तीन जनाको अवस्था गम्भीर छ। घाइतेमध्ये एक बालक र दुई वयस्क रहेका छन्।

अमेरिकी सङ्घीय उड्डयन प्रशासन (FAA) का अनुसार सबै यात्रुहरू सुरक्षितरूपमा विमानबाट बाहिर निकालिएका छन्। हालसम्म विमान दुर्घटनाको कारण स्पष्ट नभएको बताइएको छ।

(एजेन्सीहरुको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स