पिपुल्स पावर लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने समय साउन २६ गतेसम्म थप गरिएको छ। कम्पनीले असार २२ गतेदेखि बिक्री खुला गरेको ५०% हकप्रद सेयरमा लगानीकर्ताहरूले अझै आवेदन दिन सक्नेछन्।
हालको ६३ करोड २६ लाख रुपैयाँ चुक्ता पुँजीको १:०.५ अनुपातमा अर्थात १० कित्तामा ५ कित्ता दरले ३१ लाख ६३ हजार कित्ता सेयर (प्रति कित्ता १०० रुपैयाँ दरमा) जारी गरिएको हो। यसपछि कम्पनीको चुक्ता पुँजी ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ।
हकप्रद सेयरका लागि कम्पनीले असार २ गते बुक क्लोज गरेकोले असार १ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन्।
बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ। आवेदन प्रभु बैंकका विभिन्न शाखाहरू, सहभागी सीआस्बा सदस्य बैंक/संस्थाहरू तथा मेरो सेयरमार्फत दिन सकिन्छ।
केयर रेटिङ नेपालले कम्पनीलाई ‘CARE-NP BB’ रेटिङ दिएको छ, जसले औसत जोखिम जनाउँछ।



















![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-150x150.png)

प्रतिकृया