पिपुल्स पावर लिमिटेडले निष्काशन गरेको हकप्रद बाँडफाँड भदौ ५ गते सम्पन्न भएको छ। कम्पनीले असार २२ गतेदेखि साउन २६ गतेसम्म १:०.५० को अनुपातमा हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात् ३१ करोड ६३ लाख रुपैयाँ बराबरको ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो।
बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार रीतपूर्वक आवेदन दिने लगानीकर्तालाई २७ लाख ७१ हजार २ सय २१ कित्ता सेयर बाँडफाँड गरिएको छ। बाँकी ३ लाख ९१ हजार ७ सय ७९ कित्ता सेयर अब लिलाममा जानेछ। हकभन्दा बढी सेयरको लागि आवेदन दिने लगानीकर्तालाई बाँडफाँडमा नपरेको सेयरको रकम भदौ ८ गतेदेखि बैंक खातामा फिर्ता पठाइनेछ।
कम्पनीले हकप्रद निष्काशनको लागि असार २ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो, जसअनुसार असार १ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्थे। यस हकप्रद निष्काशनको अनुमति नेपाल धितोपत्र बोर्डले जेठ २ गते प्रदान गरेको थियो।



















प्रतिकृया