पिस इनर्जी कम्पनी लिमिटेडले आफ्नो प्रारम्भिक सार्वजनिक निष्काशन (आईपिओ) र बिक्री व्यवस्थापनका लागि माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। सो सम्झौतामा आज दुवै पक्षबीच हस्ताक्षर भएको छ।
सम्झौतामा माछापुच्छ्रे क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र पिस इनर्जी कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष डा. मदन कुमार उप्रेतीले हस्ताक्षर गरेका छन्।
पिस इनर्जी कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत अर्थात् ३२ लाख कित्ता साधारण सेयर सर्वसाधारणका लागि जारी गर्ने लक्ष्य राखेको छ।
कम्पनीले ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका हुँदै बहने कावेली खोलाको पानीको सदुपयोग गर्दै २८.१ मेगावाट क्षमता भएको माथिल्लो कावेली जलविद्युत आयोजना निर्माण गरिरहेको छ। हाल उक्त आयोजना ६१ प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भइसकेको छ र कम्पनीले योजना अनुसार २०८३ कार्तिक १४ भित्र राष्ट्रिय प्रसारण लाइनमा आयोजना जोड्ने लक्ष्य राखेको छ।




















प्रतिकृया