insta insta

नेपाल ई-बिजको लाइसेन्स रद्द

नेपाल ई-बिजको लाइसेन्स रद्द
Advertisement Ads

नेपाल राष्ट्र बैंकले नेपाल ई-बिज म्यानेजमेन्ट प्राइभेट लिमिटेडलाई प्रदान गरेको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र स्वतः रद्द भएको जानकारी दिएको छ। नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागद्वारा जारी सूचना अनुसार उक्त कम्पनीलाई यसअघि मिति २०७७/११/१८ मा भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र प्रदान गरिएको थियो।

भुक्तानी तथा फर्स्यौट ऐन, २०७५ को दफा १३(६) को व्यवस्थाबमोजिम उक्त अनुमतिपत्र स्वतः रद्द भएको बैंकले जनाएको छ। यससँगै नेपाल ई-बिज म्यानेजमेन्ट प्राइभेट लिमिटेडले जारी गरेका भुक्तानी उपकरणहरू प्रयोग गर्ने ग्राहकहरूको सो संस्थासँग कुनै लेनदेन बाँकी रहेको भए यो सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न अनुरोध गरिएको छ।

notice 1784183506916 https://bajarkochirfar.com/payment-service-provider | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स