पाँचथर पावर कम्पनी लिमिटेडले दुई कम्पनीलाई प्राप्ति गर्ने भएको छ। कम्पनीले एक्सेस इन्भेष्टमेण्ट कम्पनी प्रालि र मेघा भेन्चर प्रालिलाई प्राप्ति गर्ने निर्णय गरेको हो।कम्पनीको पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले पाँचथर पावर र ती दुई कम्पनीबीच प्राप्ति सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको छ।
प्राप्ति गर्न लागिएका एक्सेस इन्भेष्टमेण्ट र मेघा भेन्चर दुबै कम्पनी पाँचथर पावरका शेयरधनी संस्था हुन्। पाँचथर पावर कम्पनी भने धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनी हो।




















प्रतिकृया