स्थानीय बासिन्दाका लागि निष्काशन गरेको पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडको आइपीओ आज माघ २८ गते बुधबार बाँडफाँड सम्पन्न भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले बेलुका ५ बजे आइपीओ बाँडफाँड गरेको हो।
कम्पनीले पुस २५ देखि माघ ११ गतेसम्म स्थानीय बासिन्दाका लागि आइपीओ खुला गरेको थियो। उक्त अवधिमा २६ हजार ८४ जना लगानीकर्ताबाट ५९ लाख २७ हजार ५८० कित्ताका लागि आवेदन परेको थियो।


प्रतिकृया