बीपी क्यान्सर अस्पतालमा बोनम्यारो केन्द्र स्थापना गर्न चीनसँग सम्झौता गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरु

बीपी क्यान्सर अस्पतालमा बोनम्यारो केन्द्र स्थापना गर्न चीनसँग सम्झौता गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरु

साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएका छन्। सरकारले विभिन्न मन्त्रालयहरूको प्रस्तुतीकरण अनुसार बैठकमा १० वटा महत्वपूर्ण निर्णयहरू गरेको छ। राष्ट्रिय योजना आयोगका माननीय सदस्य गंगादत्त अवस्थीलाई साउन १३ देखि १५ गतेसम्म भुटानको थिम्पुमा हुने “Promoting Agroecological Approaches for Sustainable Transformation of Agri-food Systems in South Asia” कार्यक्रममा सहभागी हुन स्वीकृति दिइएको छ।

अर्थ मन्त्रालयले चीन सरकारसँग बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण चिकित्सा केन्द्र परियोजना कार्यान्वयन सम्बन्धी Letter of Exchange मा हस्ताक्षर गर्न स्वीकृति प्रदान गरेको छ। सोही मन्त्रालयले विश्व बैंकबाट विकास प्रभावकारिताका लागि प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने विषयमा वार्ता गर्न सहसचिवको नेतृत्वमा टोली गठन गर्ने निर्णय पनि गरेको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मालाई साउन ८ देखि १० गतेसम्म चीनको शानडोङ प्रान्तमा आयोजना हुने “2025 International Conference on Reducing Food Loss and Waste” कार्यक्रममा सहभागी हुन अनुमति दिइएको छ भने मन्त्री रामनाथ अधिकारीलाई साउन १२ र १३ गते इथियोपियामा हुने “Second United Nations Food System Summit Stocktake (UNFSS+4)” मा सहभागिताका लागि स्वीकृति दिइएको छ। गृह मन्त्रालयले साउन ६ गते नयाँ दिल्लीमा आयोजना हुने नेपाल–भारत गृह सचिवस्तरीय बैठकमा गृह सचिव गोकर्णमणि दुवाडी नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति प्रदान गरेको छ।

रक्षा मन्त्रालयले भारतीय सेनाले आयोजना गर्ने “134th Edition of Durand Cup Football Tournament 2025” को उद्घाटन समारोह र नेपाली सेनाको फुटबल टिमको पहिलो खेलमा सहभागी हुन साउन ७ र ८ गते उपरथी ध्रुवप्रकाश शाहलाई अनुमति दिएको छ भने नेपाली सेनाका एक सहायक रथीलाई अवकाशपूर्व उपरथी दर्जामा मानार्थ बढुवा गर्ने निर्णय पनि गरेको छ। वन तथा वातावरण मन्त्रालयले साउन ७ देखि १५ गतेसम्म जिम्बाबेमा आयोजना हुने “15th meeting to the conference of the contracting parties to the convention on wetlands (COP15)” कार्यक्रममा राज्यमन्त्री रूपा विक्रम के. लाई सहभागी हुन अनुमति प्रदान गरेको छ।

साथै, नायब महान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले साउन २ गतेदेखि लागू हुने गरी पेश गरेको स्वैच्छिक अवकाशलाई समेत स्वीकृत गरिएको छ।

511201397 2230149877505380 2075741040472422829 n erj7foH4w7 https://bajarkochirfar.com/other-decisions-taken-at-the-cabinet-meeting-include-signing-an-agreement-with-china-to-establish-a-bone-marrow-center-at-bp-cancer-hospital | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स