instainsta

नेपाल वायुसेवा निगमको महाप्रबन्धकसहित कार्यकारी अध्यक्षमा श्रेष्ठलाई नियुक्त गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरु

बजारको चिरफार
बजारको चिरफार
२०८३ असार ३० गते
नेपाल वायुसेवा निगमको महाप्रबन्धकसहित कार्यकारी अध्यक्षमा श्रेष्ठलाई नियुक्त गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरु
AdvertisementAds

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत बैठकका प्रमुख पाँच निर्णय सार्वजनिक गरेका हुन्।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

–बीउबिजन पहिलो संशोधन नियमावली– २०८३ स्वीकृत गर्ने ।

–सशस्त्र प्रहरी बल, नेपालको खोज उद्धारमा खटिने कर्मचारीको प्रोत्साहन भत्ता उपलब्ध गराउने ।

–अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गर्ने ।

–नेपाल वायुसेवा निगम सञ्चालक समिति अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकसमेतको काम गर्नेगरी कार्यकारी अध्यक्षको पदमा नियुक्त गर्ने ।

–अनुचित लेनदेन मिटरब्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स