अर्बिट इनर्जी लिमिटेडले आफ्नो आईपीओ निष्काशन गर्ने योजना बनाएको छ र यसका लागि कुमारी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ। कम्पनीले प्रति सेयर १०० रूपैयाँ अंकित दरमा ५०,००,००० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र सर्वसाधारणलाई निष्काशन गर्न लागेको हो।
अर्बिट इनर्जी लिमिटेडका महाप्रबन्धक श्री सुदिप खड्का र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्री पुष्प शर्माले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन्।
अर्बिट इनर्जी लिमिटेडले संखुवासभा जिल्लाको सभापोखरी गाउँपालिकामा स्थित साभाखोला नदीको पानी सदुपयोग गरेर सभा खोला बी (२१.५ मेगावाट) र सभा खोला सी (६.३ मेगावाट) क्षमता भएका जलविद्युत् आयोजना निर्माण गर्दैछ। हालसम्म निर्माण कार्य करिव ५५ प्रतिशत सम्पन्न भएको कम्पनीले जनाएको छ।
यस आयोजनामा भारतको फ्लोवेल इनर्जी प्राईभेट लिमिटेड र इटालीको ट्रोएर एजी कम्पनीबाट अत्याधुनिक इलेक्ट्रोमेकानिकल समाग्री जडान गरिने छ, र आगामी १ वर्षमा आयोजनालाई सञ्चालनमा ल्याउने कम्पनीको योजना छ। भविष्यमा, अर्बिट इनर्जी लिमिटेडले अन्य जलविद्युत् आयोजना र परियोजनामा पनि लगानी गर्दै प्रगति गर्ने योजना बनाएको छ।















![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया