instainsta

अर्बिट इनर्जीले ५० लाख कित्ता आईपीओ जारी गर्ने, माग्यो बोर्डसँग अनुमति

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ ६ गते
अर्बिट इनर्जीले ५० लाख कित्ता आईपीओ जारी गर्ने, माग्यो बोर्डसँग अनुमति
AdvertisementAds

अर्बिट इनर्जी लिमिटेडले ५० लाख कित्ता सेयर सार्वजनिक निष्काशन (आईपीओ) गर्न नेपाल धितोपत्र बोर्डमा अनुमति मागेको छ। कम्पनीले वैशाख २२ गते बोर्डमा निवेदन दिएको हो भने बोर्डले जेठ ५ गते उक्त जानकारी सार्वजनिक गरेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ५० करोड रुपैयाँ बराबरको आईपीओ ल्याउन लागेको हो। कुमारी क्यापिटल लिमिटेड यस आईपीओको विक्री प्रबन्धक रहेको छ। पछिल्लो समय बोर्डले नेटवर्थ ९० रुपैयाँभन्दा कम भएका कम्पनीको निवेदन फिर्ता गरे पनि अर्बिट इनर्जीको आवेदन स्वीकृत भएको छ।

अर्बिट इनर्जी लिमिटेडले संखुवासभामा २१.६ मेगावाटको सभाखोला बी र ६.३ मेगावाटको सभाखोला सी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ, जसको आधाभन्दा बढी निर्माण कार्य सम्पन्न भइसकेको छ। यस कम्पनीमा सिंगटी हाइड्रो इनर्जी लिमिटेडको पनि लगानी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स