SHAREHUBSHAREHUB

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ लगानीकर्ताको डिम्याट खातामा जम्मा, कहिलेबाट कारोबारमा आउने?

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख १० गते
AdvertisementAds
ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ लगानीकर्ताको डिम्याट खातामा जम्मा, कहिलेबाट कारोबारमा आउने?
AdvertisementAds

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको प्राथमिक सेयर (आईपीओ) लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको छ। कम्पनीको सेयर क्रेस्ट (OMPL) सिम्बोलका साथ डिम्याट खातामा देखिन थालेको छ। कम्पनीले फागुन २७ गतेदेखि चैत ३ गतेसम्म सर्वसाधारणलाई १४ लाख ७६ हजार कित्ता सेयर निष्काशन गरेको थियो। उक्त आईपीओमा करिब १ लाख ४७ हजार ६ सय जनाले मात्र १० कित्ताका दरले सेयर पाएका छन्।

अब कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुनेछ र त्यसको भोलिपल्टदेखि कारोबारमा आउनेछ। नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि रु. ९१.१५ देखि रु. २७३.४५  को ओपनिङ रेन्ज तोक्न सक्ने अनुमान छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स