नेपाली बजारमा आज सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेर २ लाख १७ हजार १ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको मूल्य तोलामा २ लाख १६ हजार रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ४० रुपैयाँले बढेर तोलाको २६ सय २० रुपैयाँ पुगेको छ। गत शुक्रबार चाँदीको मूल्य प्रतितोला २५ सय ८० रुपैयाँमा कारोबार भइरहेको थियो।




















प्रतिकृया