instainsta

४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा पश्चात् पनि एनआरएनको सेयरमूल्य लाग्यो ओरालो

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २६ गते
४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा पश्चात् पनि एनआरएनको सेयरमूल्य लाग्यो ओरालो
AdvertisementAds

बजार खुल्नुअघि नै ४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको एनआरएनको सेयरमूल्य आज बजार बन्द हुँदा ५० अंकले घटेर १९९५ रुपैयाँमा पुगेको छ। बिहान प्रि ओपन सेसनमा २०४५ रुपैयाँमा खुलेको सेयर कारोबार बजार बन्द हुदासम्म २६ अंकले घटेको हो। आज कम्पनीको १ लाख ९८ हजार ३६१ कित्ता कारोबार भएको छ ।

सामान्यतया बोनस वा लाभांश घोषणा पछि सेयर मूल्य बढ्ने प्रवृत्ति रहँदै आएको भएपनि यस पटक भने बजारमा त्यसको उल्टो असर देखिएको छ। हाल सेयरबजार लगातार ओरालो लाग्दै गएको छ, जसले लगानीकर्ताको मनोबलमा नकारात्मक प्रभाव पारेको छ। धेरै कम्पनीहरूले आकर्षक लाभांश घोषणा गरे पनि लगानीकर्तामा उत्साह देखिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स