instainsta

एनआरएनलाई दोस्रो बजारमा सेयर कारोबारको बाटो खुल्ने, सेबोनले कानुनी तयारी अघि बढाउने

बजारको चिरफार
बजारको चिरफार
२०८३ असार ३१ गते
एनआरएनलाई दोस्रो बजारमा सेयर कारोबारको बाटो खुल्ने, सेबोनले कानुनी तयारी अघि बढाउने
AdvertisementAds

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गैरआवासीय नेपाली (एनआरएन) लाई नेपालको धितोपत्रको दोस्रो बजारमा लगानी गर्न सक्ने व्यवस्थाअघि बढाउने भएको छ। आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति मार्फत बोर्डले आवश्यक कानुनी तथा संरचनागत सुधार अघि बढाउँदै विदेशमा रहेका नेपालीको पूँजीलाई नेपाली पूँजी बजारमा आकर्षित गर्ने योजना सार्वजनिक गरेको हो।

बोर्डका अनुसार एनआरएनलाई दोस्रो बजारमा सहभागी गराउने सम्बन्धमा यसअघि तयार गरिएको अध्ययन प्रतिवेदनका सुझाव कार्यान्वयन गरिनेछ। यसका लागि आवश्यक कानुनी व्यवस्था, कार्यविधि तथा संस्थागत संरचना आगामी आर्थिक वर्षभित्र तयार पार्ने लक्ष्य राखिएको छ।

नीतिअनुसार एनआरएनको दर्ता, दोस्रो बजारमा लगानी, लाभांश तथा शेयर बिक्रीबाट प्राप्त रकम विदेश फिर्ता लैजाने (Repatriation)प्रक्रियालाई स्पष्ट, पारदर्शी र अन्तर्राष्ट्रिय अभ्यासअनुसार व्यवस्थित बनाइनेछ। विदेशी विनिमय तथा करसम्बन्धी व्यवस्थालाई लगानीमैत्री बनाउन नेपाल सरकार र नेपाल राष्ट्र बैंकसँग पनि समन्वय गरिने बोर्डले जनाएको छ।

सेबोनले हाल विदेशमा रहेका नेपालीले डिजिटल माध्यमबाट आईपीओमा लगानी गरिरहेको व्यवस्थालाई विस्तार गर्दै दोस्रो बजारमा पनि सहज डिजिटल पहुँच उपलब्ध गराउने योजना अघि सारेको छ। साथै, एनआरएनलाई लक्षित गर्दै लगानीकर्ता शिक्षा कार्यक्रम सञ्चालन गरिने नीति पनि लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स