राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरी ढकालले गभर्नर नियुक्ति प्रक्रिया लामो समयसम्म रोकिएको विषयलाई लज्जास्पद भन्दै कडा आलोचना गरेका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा धारणा राख्दै उनले सरकारले अझै गभर्नर नियुक्त गर्न नसक्नु अन्तर्राष्ट्रिय स्तरमै लाजमर्दो भएको टिप्पणी गरे।
ढकालले व्यङ्ग्य गर्दै सरकारलाई सुझाव दिए, “दुई गभर्नर बनाउनुहोस्—एउटा बिचौलिया र अर्को नोटमा हस्ताक्षर गर्ने। ३१ महिनासम्म नोटमा चुनाव चिन्ह राख्न पनि सकिन्छ, तर ३१ महिनापछि आम नागरिकले यस्ता गतिविधि सहन सक्दैनन्।” उनले जनतामा दलीयकरणविरुद्धको चेतना विकास भइसकेको पनि बताए।
उनले गभर्नर सिफारिस समितिमा योग्य व्यक्ति नपाएको बहानामा समय लम्ब्याइरहेको भन्दै अन्ततः तीन महिनापछि आफ्नो मान्छे नियुक्त गरेर सरकार नै बेइज्जत भएको टिप्पणी गरे। “अब त लाजलाई पनि लाज लाग्ने अवस्था आएको छ। नैतिकताको कुरा हराइसकेको छ, ऐनको उपेक्षा गरिएको छ,” उनले भने।
ढकालका अनुसार दलहरूले आफ्ना स्वार्थ पूर्तिका लागि संवैधानिक संरचना प्रयोग गरिरहेका छन्, जुन चिन्ताजनक छ। उनले गभर्नर नियुक्तिको प्रक्रियालाई ऐतिहासिक भूल र नेतृत्वको कमजोरीका रूपमा चित्रण गर्दै भने, “यसले राष्ट्र बैंकको गरिमा कमजोर बनाएको छ।”














![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया