अब बैंकका शीर्ष पदाधिकारी मनपरी विदेश भ्रमणमा जान नपाउने, राष्ट्र बैंकले गर्यो कडाइ

अब बैंकका शीर्ष पदाधिकारी मनपरी विदेश भ्रमणमा जान नपाउने, राष्ट्र बैंकले गर्यो कडाइ

बैंक तथा वित्तीय संस्थाका सञ्चालक समिति अध्यक्ष, सदस्य तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को विदेश भ्रमणलाई नेपाल राष्ट्र बैंकले कडाइ गरेको छ। केन्द्रीय बैंकले एकीकृत निर्देशन संशोधन गर्दै यस्ता पदाधिकारी विदेश भ्रमणमा जानुअघि अनिवार्य रूपमा सम्बन्धित संस्थाको सञ्चालक समितिबाट स्वीकृति लिनुपर्ने व्यवस्था लागू गरेको हो।

संशोधित व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले सञ्चालक समिति अध्यक्ष, सदस्य र सीईओको विदेश भ्रमणका लागि छुट्टै कार्यविधि तयार गरी लागू गर्नुपर्नेछ।

त्यस्तो कार्यविधिमा भ्रमणसम्बन्धी आवश्यक विषय समेटिनुका साथै प्रत्येक पटक विदेश भ्रमण गर्दा सञ्चालक समितिबाट स्पष्ट निर्णय भएको हुनुपर्ने प्रावधान राखिएको छ।

बोर्डको निर्णयमा भ्रमणको उद्देश्य, उपयोगिता तथा संस्थालाई हुने फाइदाको मूल्यांकन अनिवार्य हुनेछ।

यस्तै, संस्थाको कामसँग सम्बन्धित विषयमा विदेश भ्रमण गर्नु परेमा भ्रमण गरिने देश, भ्रमणमा जाने पदाधिकारीको नाम, भ्रमण अवधि, भ्रमणको एजेन्डा, लाग्ने खर्च तथा त्यसबाट संस्थालाई हुने लाभको विश्लेषण समेत गर्नुपर्नेछ।

598111092 1180901057523431 7438483215098443295 n https://bajarkochirfar.com/now-top-bank-officials-will-not-be-allowed-to-travel-abroad-without-permission-the-national-bank-has-made-stricter-measures | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स