SHAREHUBSHAREHUB

अब देशभरका सहकारीहरूको खाताबाट ‘हाम्रो पे वालेट’मा रकम लोड गर्न सकिने

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर १७ गते
AdvertisementAds
अब देशभरका सहकारीहरूको खाताबाट ‘हाम्रो पे वालेट’मा रकम लोड गर्न सकिने
AdvertisementAds

अब सहकारी संस्थाहरूको खाताबाट समेत ‘हाम्रो पे’मा रकम लोड गर्न सकिने भएको छ । सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने एम बैंक र डिजिटल वालेट ‘हाम्रो पे’ बीच यसका लागि सम्झौता भएको हो ।

सम्झौता अनुसार ‘हाम्रो पे’का प्रयोगकर्ताले एम बैंकको सिस्टममा जोडिएका कुनै पनि सहकारीबाट रकम लोड गर्न सक्नेछन् । अर्कोतर्फ ‘हाम्रो पे’ मार्फत सहकारीको खातामा सोझै पैसा पठाउन, क्यूआर भुक्तानी लगायतका विभिन्न सुविधा पनि छिट्टै लिएर आउंदै छ।

आफ्ना ग्राहक तथा प्रयोगकर्तालाई डिजिटल कारोबारमा थप सहजता प्रदान गर्ने उद्देश्यका साथ दुई संस्थाबिच सहकार्य भएको हो । नेपालकै सर्वाधिक लोकप्रिय मोबाइल एप हाम्रोपात्रोले सञ्चालनमा ल्याएको डिजिटल वालेट ‘हाम्रो पे’ मा हाल ५ लाख भन्दा बढी प्रयोगकर्ता रहेका छन् ।

वालेट प्रयोग गर्नका लागि छुट्टै एप प्रयोग गर्नु नपर्ने सुविधा सहित कम्पनीले हाम्रो पेलाई हाम्रो पात्रो भित्रै उपलब्ध गराएको छ । एउटै एपमार्फत धेरै सेवा उपलब्ध गराउने उद्देश्यका साथ कम्पनीले यो व्यवस्था मिलाएको हो ।

त्यस्तै ‘एम बैंक’ सहकारी क्षेत्रलाइै प्रविधिमैत्री बनाउँदै डिजिटल कारोबारको सेवा उपलब्ध गराउने आईटी कम्पनी हो । सहकारीको क्षेत्रमा नयाँ प्रविधि भित्र्याउने र सेवा दिनेमा ‘एम बैंक’ सबैभन्दा अगाडि छ । यसको सिस्टममा हाल ५०० भन्दा बढी सहकारीमा जोडिएको छ ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स