अब फेसबुकमा आएका फेक पोस्ट सहि कि गलत भनेर टिप्पणी गर्न सकिने

अब फेसबुकमा आएका फेक पोस्ट सहि कि गलत भनेर टिप्पणी गर्न सकिने

मेटाले फेसबुक र इन्स्टाग्राममा थर्ड पार्टी फ्याक्ट चेकर्सको उपयोग बन्द गर्ने निर्णय गरेको छ। यसको सट्टामा कम्पनी ‘कम्युनिटी नोट्स’ ल्याउने तयारीमा छ, जसमा प्रयोगकर्ताले पोस्टको सहि कि गलत भनेर  टिप्पणी गर्न सक्नेछन्।

मेटाको सीईओ मार्क जुकरबर्गले मंगलबार एक ब्लग पोस्ट र भिडियोमा भने, “तेस्रो पक्षका मोडरेटरहरू प्रायः राजनीतिक रूपमा पक्षपाती थिए। अब अभिव्यक्ति स्वतन्त्रताको मूल कुरामा फर्कने समय आएको छ।” यसरी, मेटाले आफ्ना प्रयोगकर्ताहरूलाई आफ्नो अभिव्यक्ति स्वतन्त्रता रुपमा राख्न दिनेछ। यस कदमले मेटामा स्वतन्त्रता र खुला विचार साझा गर्नका लागि नयाँ अवसर ल्याउने अपेक्षा गरिएको छ।

यो कदम अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पसँगको सम्बन्ध सुधार गर्नका लागि लिइएको हो भन्ने भनाइ छ। ट्रम्प र उनका रिपब्लिकन सहयोगीहरूले मेटाको तथ्य जाँच नीतिलाई कडा आलोचना गर्दै आएका थिए र त्यसलाई दक्षिणपन्थी आवाजको सेन्सरसिपको रूपमा व्याख्या गरेका थिए।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स