काठमाडौं उपत्यकामा दिनहुँ बढ्दो ट्राफिक जाम नियन्त्रण गर्न ट्राफिक प्रहरीले नयाँ कडाइको व्यवस्था लागू गरेको छ। अबदेखि उपत्यकाभित्र सञ्चालन हुने सबै रात्रि तथा दिवा सेवाका लामो दूरीका सार्वजनिक सवारी साधन तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने छ। पछिल्ला दिनमा लामो दूरीका बसहरूले लोकल बसझैं सडक छेउमै रोकिने, यात्रु चढाउने–ओराल्ने गतिविधि बढाएपछि ‘पिक आवर’मा जाम चर्किँदै आएको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले बताए। उनका अनुसार राजधानीका सडकमा बढ्दो भीडलाई नियन्त्रण गर्न बसपार्क–केन्द्रित प्रस्थान प्रणाली अनिवार्य गरिएको हो।
यससँगै लामो दूरीका गाडीलाई दिँदै आएको बाटो इजाजतपत्र पुनरावलोकन गर्नुपर्ने आवश्यकता देखिएको ट्राफिकले जनाएको छ। दीर्घकालीन ट्राफिक व्यवस्थापनका लागि सबै सरोकारवाला निकायको समन्वय आवश्यक रहेको प्रवक्ता सुवेदीको भनाइ छ। ट्राफिक प्रहरीले सडक अनुशासन मजबुत बनाउन रातो बत्ती उल्लङ्घन, लेन क्रस, तीव्र गति तथा मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई अनिवार्य सचेतना कक्षा सञ्चालन गरिरहेको छ र कक्षालाई अझ प्रभावकारी बनाउन योजना तयार गरिएको छ।
यसबाहेक सेवाग्राहीलाई सहज बनाउन अनलाइन सचेतना कक्षा पनि सञ्चालनमा ल्याइएको छ। मोबाइल एप प्रयोग गर्नेहरूले एप अनइन्स्टल गरी नयाँ भर्सन पुनः इन्स्टल गर्नुपर्ने बताइएको छ। घरमै बसेर कक्षा लिन मिल्ने भएकाले यसले सेवाग्राहीलाई थप सुविधा दिने अपेक्षा गरिएको छ। नयाँ व्यवस्था लागू भएपछि उपत्यकामा अव्यवस्थित पार्किङ, अनावश्यक रोकावट र यात्रु व्यवस्थापनमा उल्लेखनीय सुधार आउने ट्राफिक प्रहरीले विश्वास व्यक्त गरेको छ।














![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)



प्रतिकृया