राजीनामाबारे बालेन‘द्विविधा’मा: कानुन व्यवसायीसँग परामर्श, आजै रास्वपा कार्यालय जाने

राजीनामाबारे बालेन‘द्विविधा’मा: कानुन व्यवसायीसँग परामर्श, आजै रास्वपा कार्यालय जाने
File Photo

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आजै राजीनामा दिने कि नदिने भन्ने विषयमा छलफलमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा वरिष्ठ नेताका रूपमा प्रवेश गरेका उनले संघीय सांसदको उम्मेदवारी दिन राजीनामा आवश्यक पर्छ कि पर्दैन भन्ने विषयमा कानुनी परामर्श गरिरहेका छन्।

कानुनअनुसार उम्मेदवारी दिन स्थानीय तहको पदबाट तुरुन्तै राजीनामा दिनु अनिवार्य नभएकाले उनी दुबिधामा रहेको उनको सचिवालय स्रोतले जनाएको छ।

यसैबीच, मेयर शाह आज आइतबार रास्वपाको केन्द्रीय कार्यालय ‘घन्टीघर’ जाने कार्यक्रम रहेको छ। पार्टी प्रवक्ता मनिष झाका अनुसार उनलाई दिउँसो २ बजे कार्यालयमा स्वागत गरिनेछ।

त्यसपछि पार्टी सभापति रवि लामिछाने र मेयर शाह साँझ ५ बजे बुद्ध एयरको विमानमार्फत जनकपुर जानेछन्।

रास्वपाले भोलि जनकपुरमा आयोजना गर्ने कार्यक्रममा सभापति लामिछाने र मेयर शाह प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स