एनएमबी बैंकले सेकेन्ड–ह्यान्ड ईभी किन्न ऋण दिने

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण १५ गते
एनएमबी बैंकले सेकेन्ड–ह्यान्ड ईभी किन्न ऋण दिने
AdvertisementAds

 एनएमबी बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थालाई लक्षित गर्दै सेकेन्ड–ह्यान्ड (पुराना) चारपाङ्ग्रे विद्युतीय सवारी साधन खरिदका लागि कर्जा सुविधा सञ्चालनमा ल्याएको छ।

बैंकले दिगो बैंकिङलाई प्राथमिकता दिने रणनीतिअन्तर्गत सुरु गरेको सेकेन्ड–ह्यान्ड ईभी कर्जा सुविधाले नेपालमा विद्युतीय सवारी साधनको पहुँचलाई थप सहज र किफायती बनाउने विश्वास लिएको जनाएको छ।

बैंकका अनुसार यो कर्जा सुविधा सरल तथा छिटो प्रक्रियामार्फत उपलब्ध हुनेछ। व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनका लागि ग्राहकहरूले यस सुविधाको लाभ लिन सक्नेछन्।

इच्छुक ग्राहकहरूले देशभर रहेका एनएमबी बैंकका शाखा तथा बैंकका डिजिटल माध्यममार्फत कर्जाका लागि आवेदन दिन सक्नेछन्।

बैंकले ग्राहकको आवश्यकता अनुरूप नवीन वित्तीय सेवा उपलब्ध गराउँदै वातावरणीय दिगोपन प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यका साथ यस्तो सुविधा ल्याएको जनाएको छ।

हाल एनएमबी बैंकले देशभर १९८ शाखा, १७६ एटीएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स