एनएमबि बैंक लिमिटेडले सिभिल इञ्जिनियर पदका लागि आवेदन माग गरेको छ। इच्छुक तथा योग्य उम्मेदवारहरूले आफ्नो बायोडाटा र कभर लेटर २०२५ जुन ९ भित्र [email protected] मा पठाउनुपर्नेछ।
उम्मेदवारको उमेर सो मितिसम्म २१ वर्ष नाघेको हुनुपर्छ। बैंकले योग्य उम्मेदवारलाई मात्र सम्पर्क गर्ने जनाएको छ भने सिफारिस र फोनमार्फत सोधपुछ नगर्न अनुरोध गरेको छ।
एनएमबि बैंकले समान अवसर नीतिअन्तर्गत महिलाहरू र सीमान्तकृत समुदायका उम्मेदवारलाई आवेदन दिन विशेष आग्रह गरेको छ।


प्रतिकृया