एनएलजी इन्स्योरेन्सले वार्षिक साधारण सभा भोलि जेठ २९ गते बस्दैछ। सभा आम्रपाली ब्यांक्वेट चिरबम सडक बालुवाटार, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभाले २.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.१३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ । सभामा कम्पनीको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ।
सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले जेठ २२ गते बुक क्लोज गरिसकेको छ । जस अनुसार, जेठ २१ गतेसम्मकायम सेयरधनीले मात्र लाभांश पाउन र सभामा भाग लिन सक्नेछन्।


















![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-150x150.jpg)

प्रतिकृया