नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले ‘निफ्रा हरित ऊर्जा ऋणपत्र ६%–२०८८/८९’ जेठ १८ गतेदेखि निष्काशन गर्ने भएको छ। यो ऋणपत्र ७ वर्षे अवधिको हुनेछ र वार्षिक ६ प्रतिशत ब्याज प्रदान गर्नेछ।
बैंकले प्रतिकित्ता १,००० रुपैयाँ अंकित मूल्यमा ५० लाख कित्ता ऋणपत्र नेपाल धितोपत्र बोर्डको स्वीकृतिमा ल्याउन लागेको हो। जसमध्ये ३० लाख कित्ता ऋणपत्र बैंकले व्यक्तिगत रूपमा (private placement) बिक्री गर्नेछ। बाँकी २० लाख कित्तामध्ये १ लाख कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गर्दै बाँकी १९ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक रूपमा निष्काशन गरिनेछ।
सर्वसाधारणले न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। ऋणपत्र निष्काशन छिटोमा जेठ २१ गतेमै बन्द हुन सक्नेछ भने ढिलोमा असार १ गतेसम्म खुला रहनेछ।
यो निष्काशनको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहनेछ।



















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

प्रतिकृया