ब्याज आम्दानी घट्दा निफ्रा नाफा घट्यो, निक्षेप संकलन ८२६.६५ प्रतिशतले बढ्यो

ब्याज आम्दानी घट्दा निफ्रा नाफा घट्यो, निक्षेप संकलन ८२६.६५ प्रतिशतले बढ्यो

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा १३.८६ प्रतिशतले घटेर १ अर्ब १४ करोड ५५ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३२ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घटेसँगै बैंकको नाफा घटेको हो।

चौथो त्रैमाससम्ममा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको खुद ब्याज आम्दानी २५.५१ प्रतिशतले घटेर १ अर्ब ९० करोड रुपैयाँमा सीमित भएको छ भने सञ्चालन आम्दानी २५.०३ प्रतिशतले घटेर १ अर्ब ९२ करोड रुपैयाँमा आएको छ। यता, फि तथा कमिशन आम्दानी ७९.७३ प्रतिशतले बढेर २ करोड रुपैयाँमा पुगेको छ। इम्पेयरमेन्ट चार्ज अघिल्लो वर्षको ३१ करोड रुपैयाँबाट ऋणात्मक ४ करोड रुपैयाँमा झरेको छ।

बैंकको सञ्चालन मुनाफा १३.६९ प्रतिशतले घटेर १ अर्ब ६४ करोड रुपैयाँमा सीमित भएको छ।

नाफा घटेपनि बैंकको वितरणयोग्य मुनाफा ७६.६७ प्रतिशतले बढेर १ अर्ब १७ करोड ६१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो मुनाफा ६६ करोड ७९ लाख रुपैयाँ मात्र थियो।

बैंकको चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ अर्ब ७ करोड ७१ लाख रुपैयाँ सञ्चित रहेको छ। प्रतिसेयर आम्दानी ८६ पैसाले घटेर ५ रुपैयाँ ३० पैसामा सीमित भएको छ। यस्तै, प्रतिसेयर नेटवर्थ ५.०६ प्रतिशतले बढेर ११८ रुपैयाँ ८८ पैसा पुगेको छ।

समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ८२६.६५ प्रतिशतले बढेर ७ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह १८.९० प्रतिशतले बढेर २४ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ।

अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

NIFRA https://bajarkochirfar.com/nifra-profit-drops-as-interest-income-falls-deposit-collection-increases-by-826-65-percent | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स