instainsta

एनआईसी एशिया बैंकको ४४ वटा ब्रान्च मर्ज हुँदै, कुन कहाँ गाभिने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र १६ गते
एनआईसी एशिया बैंकको ४४ वटा ब्रान्च मर्ज हुँदै, कुन कहाँ गाभिने ?
AdvertisementAds

एनआईसी एशिया बैंकले देशका ६ महानगरपालिकाभित्र रहेका ४४ वटा शाखा मर्ज गर्ने निर्णय गरेको छ। बैंकले आगामी वैशाख ३ गतेदेखि लागू हुने गरी शाखा समायोजन प्रक्रिया अघि बढाएको छ।

बैंकका अनुसार काठमाडौं महानगरपालिकामा २६, ललितपुरमा ६, पोखरामा ६, विराटनगरमा ३, वीरगञ्जमा २ र भरतपुरमा १ शाखा मर्ज गरिनेछ।

काठमाडौंमा नागपोखरी, पुतलीसडक, दरबारमार्ग, ज्ञानेश्वर र बागबजार शाखा मर्ज भएपछि कमलादी शाखाबाट सेवा प्रवाह हुनेछ। बोहोरा टार, माछापोखरी, ढुङ्गेधारा–नर्सरी चोक शाखा बालाजु शाखामा, न्यूरोड खिचापोखरी, भोटाहिटी, किलागल शाखा न्युरोड–विशालबजार शाखाबाट सेवा सञ्चालन गरिने बैंकले जनाएको छ।

यस्तै, तिनचुली र चाबहिल शाखा बौद्ध शाखामा, नरेफाट शाखा कोटेश्वर शाखामा, बालुवाटार शाखा लाजिम्पाट शाखामा, अनामनगर, शंखमुल, मध्य बानेश्वर शाखा नयाँ बानेश्वर शाखामा, खसी बजार शाखा कलंकी शाखामा मर्ज हुनेछ। कपन शाखा सुकेधारा शाखामा, गोंगबु शाखा सामाखुसी शाखामा, सोह्रखुट्टे शाखा ठमेल शाखामा, टेकु शाखा त्रिपुरेश्वर शाखामा मर्जर हुने बैंकले जनाएको छ। सिनामंगल, मित्रपार्क र कालोपुल शाखा मर्जरपछि बत्तिसपुतली शाखाबाट सेवा सुरु हुनेछ।

ललितपुरमा लगनखेल र मंगलबजार शाखा जावलाखेल शाखामा, सानेपा र ग्वार्को शाखा सातदोबाटो शाखामा, खोकना शाखा भैंसेपाटी शाखाबाट सेवा सुरु हुनेछ।

पोखरामा पावरहाउस चोक र बुढीबजार शाखा लेखनाथ शाखामा, बाझापाटन र अमरसिंह चोक शाखा मर्जरपछि सेवा सुरु हुनेछ। महेन्द्रपुल–पोखरा र बगर शाखा न्युरोड–पोखरा शाखामा, बिरौटा शाखा लेकसाइड शाखाबाट सेवा सञ्चालन हुनेछ।

भरतपुरको बसेनी शाखा हाकिम चोक शाखामा, विराटनगरको मेनरोड र हाटखोल शाखा विराटनगर शाखामा, रानी मिल्स शाखा रोडशेष चोक शाखामा, वीरगन्जको लिङ्ग रोड र पावरहाउस चोक शाखा आदर्शनगर शाखाबाट सेवा सञ्चालन हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स