हिमालयन जाभामा एनआईबीएल इक्विटीको २८.८% हिस्सेदारी, ब्रान्डलाई विश्व बजारमा पुर्‍याउने योजना

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र १३ गते
हिमालयन जाभामा एनआईबीएल इक्विटीको २८.८% हिस्सेदारी, ब्रान्डलाई विश्व बजारमा पुर्‍याउने योजना

एनआईबीएल इक्विटी पार्टनर्स र हिमालयन जाभा कम्पनीबीच लगानी सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा एनआईबीएल इक्विटी पार्टनर्सका प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडे र हिमालयन जाभाका संस्थापक गगन प्रधानले हस्ताक्षर गरेका हुन्। सम्झौतासँगै एनआईबीएलले हिमालयन जाभामा २८.८ प्रतिशत हिस्सेदारी हासिल गरेको छ।

सम्झौताको मुख्य उद्देश्य नेपाली ब्रान्डलाई विश्व बजारमा प्रवर्द्धन गर्नु हो। एनआईबीएलका पाँडेले यस लगानीले नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सक्षम बनाउने विश्वास व्यक्त गरे भने हिमालयन जाभाका गगन प्रधानले ब्रान्डलाई वैश्विक बजारमा विस्तार गर्ने आत्मबल प्राप्त भएको बताए।

हिमालयन जाभाका संस्थापक गगन प्रधानले पनि एनआईबीएल इक्विटी पार्टनर्सको लगानीले ब्रान्डलाई वैश्विक बजारमा विस्तार गर्ने आत्मबल प्रदान गरेको बताए। साझेदारीको शुरुवात एसिया र अस्ट्रेलियाबाट हुने र नेपालमा नयाँ आउटलेट सञ्चालनमा सहयोग पुग्ने बताइएका छन्। सन् १९९९ मा स्थापना भएको हिमालयन जाभा नेपालमा ७० भन्दा बढी आउटलेट, १८ हिमालयन जाभा एक्सप्रेस आउटलेट र दुई उच्च श्रेणीका ‘ग्यालरी बाई हिमालयन जाभा’ आउटलेट सञ्चालन गर्दै आएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स