ङादी ग्रुप पावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले २ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.१२ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो।
विद्युत बिक्री आम्दानी सामान्य घटेको र वित्तीय खर्च बढेका कारण कम्पनीको खुद नाफा घटेको हो। समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १०.५१ प्रतिशत घटेर ७ करोड २७ लाख रुपैयाँमा झरेको छ। त्यस्तै, कम्पनीको कुल नाफा समीक्षा अवधिमा १७.०३ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा १२.०८ प्रतिशत घटेको छ। कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा ३५.७८ प्रतिशत बढेको छ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि सामान्य घटेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ५१ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २१४ रुपैयाँ ९९ पैसा रहेको छ र मूल्य आम्दानी अनुपात १०४.७७ गुणा रहेको छ।
१ अर्ब ८५ करोड १२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा २ अर्ब १२ करोड ८७ लाख रुपैयाँ सञ्चित छ।



















प्रतिकृया