ङादी ग्रुप पावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा १९.३१ प्रतिशतले घटेर २ करोड २९ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यस अवधिमा को विद्युत बिक्री आम्दानी १० करोड २ लाखबाट घटेर ८ करोड ९४ लाख रुपैयाँ पुगेको छ। यता, वित्तीय खर्च २ करोड ३० लाखबाट बढेर २ करोड ५० लाख पुगेको छ। आम्दानी घट्दा र खर्च बढ्दा नाफा घटेको हो।
३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अदर इक्विटीमा २ अर्ब ४ करोड २१ लाख रुपैयाँ छ। रेटिन्ड अर्निङ १० करोड ५९ लाख रुपैयाँ बराबरको छ। समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी ८३ पैसा र प्रतिसेयर नेटवर्थ १५८.०२ रुपैयाँ छ।






![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)






![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया