नेप्से फेरि २७०० माथि, १० अर्बको कारोबारसंगै बजारमा उत्साह
आज नेप्से परिसूचक २९.८७ अङ्कले बढेर २७२७.९१ मा बन्द भएको छ। आज १३ उपसमूह मध्ये १० उपसमूह बढेको छ भने बाकी उपसमूह घटेको छ । दिनभर १० अर्ब ४ करोडको कारोबार हुँदा सर्वाधिक कारोबार नेपाल री इन्स्योरेन्सको भएको छ। यस दिन ३०२ कम्पनीको १ करो ८० लाख सेयर कारोबार भएको छ।
नेप्से २९.८७ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से २९.८७ अङ्कले बढ्दा १६६ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: विन नेपाल लघुवित्त, कुथेली बुखरी स्मल हाइड्रोपावर, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, एक्सल डेभलपमेन्ट बैंक र दिव्यश्वरी हाइड्रोपावर रहेको छ।
नेप्से २९.८७ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से २९.८७ अङ्कले बढ्दा ७४ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: सप्तकोशी डेभलपमेन्ट बैंक, सेन्ट्रल फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, बेस्ट फाइनान्स, र पिपुल्स हाइड्रोपावर रहेको छ।