नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का कर्मचारीहरूले अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणी चापागाईको पदमुक्ति माग गर्दै आन्दोलनमा उत्रिने घोषणा गरेका छन्। बुधबार जारी विज्ञप्तिमा कर्मचारीहरूले हालै नियुक्त अध्यक्ष बस्यालले संविधान दिवसकै दिन बोनस कटौती गर्ने निर्णय गरेपछि उनीहरू असन्तुष्ट बनेको र आन्दोलनमा उत्रन बाध्य भएको उल्लेख गरेका छन्।
नेप्से कर्मचारी संघका अनुसार, बोनस कटौती निर्णय अन्यायपूर्ण मात्र नभई कर्मचारीहरूको मनोबलमा प्रत्यक्ष असर गर्ने खालको छ। संघले भनेको छ कि विगतदेखि चलिआएको परम्परागत सुविधा रोक्ने निर्णय कुनै पनि तर्क वा कारणले उचित ठहरिँदैन र यसले संस्थाभित्र अन्योलता र असन्तोष बढाएको छ।
विज्ञप्तिमा अध्यक्ष र सीईओले निरन्तर कर्मचारीहित विपरीत कदम चाल्दै आएको भन्दै दुवैलाई तत्काल पदमुक्त गर्न सरकारसँग माग गरिएको छ। माग पूरा नभए संघले चरणबद्ध आन्दोलन गर्ने चेतावनी पनि दिएको छ। आन्दोलनको पहिलो चरणमा कालोपट्टी लगाएर काम गर्ने, दोस्रो चरणमा कार्य बहिष्कार गर्ने र अन्तिम चरणमा आम हड्ताल गर्ने योजना संघले सार्वजनिक गरेको छ।
वित्तीय क्षेत्रको संवेदनशील निकाय मानिने नेप्सेमा कर्मचारी असन्तुष्टिले पूँजी बजारमा नकारात्मक असर पार्न सक्ने आशंका गरिएको छ। संघले स्पष्ट पारेको छ कि आफ्ना जायज माग सम्बोधन भए मात्र आन्दोलन फिर्ता लिनेछ।
















![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-150x150.png)




प्रतिकृया