आज नेप्से परिसूचक ९.१९ अङ्कले बढेर २६३१.४८ मा बन्द भएको छ। १३ उपसमूह मध्ये ४ बाहेक बाकी बढेका छन् । आज ६ अर्ब ३८ करोड कारोबार भएको छ। यस दिन ३२८ कम्पनीका १ करोड ६६ लाख हजार सेयर कारोबार हुँदा सहास उर्जाको सर्वाधिक कारोबार भएको छ।
नेप्से ९.१९ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से ९.१९ अङ्कले बढ्दा १४५ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: राप्ती हाइड्रो, धौलागिरी लघुवित्त, विन नेपाल लघुवित्त, सिन्धु विकास बैंक र सप्तकोशी बैंक रहेको छ।
नेप्से ९.१९ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से ९.१९ अङ्कले बढ्दा १०३ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: पन्चकन्या माइ हाइड्रोपावर, ग्रीन बैंक, पिपुल्स हाइड्रोपावर, पाँचथर पावर र कालिका पावर रहेको छ।


प्रतिकृया