SHAREHUBSHAREHUB

बङ्लादेशविरुद्धको सेमिफाइन खेलका लागि नेपालको प्लेइङ एघार खेलाडीका नाम सार्वजनिक

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ २० गते
AdvertisementAds
बङ्लादेशविरुद्धको सेमिफाइन खेलका लागि नेपालको प्लेइङ एघार खेलाडीका नाम सार्वजनिक
AdvertisementAds

भारतको गोवामा जारी साफ महिला च्याम्पियनसिप २०२६ अन्तर्गत आज पहिलो सेमिफाइनल खेलमा नेपालले बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

गोवाको पण्डित जवाहरलाल नेहरू स्टेडियममा केही समयपछि हुने उक्त खेलको लागि आज नेपाली टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले प्लेइङ ११ खेलाडीको नाम सार्वजनिक गरेका छन् । मुख्य प्रशिक्षक न्यौपानेले कप्तान अञ्जिला तुम्बापो सुब्बाको नेतृत्वमा सुरुआती ११ खेलाडी मैदानमा उतारेका छन् ।

नेपालको सुरुआती टोलीमा कप्तान सुब्बासँगै पूजा राना, विमला विक, रेनुका नगरकोटी, सरु लिम्बू, गीता राना, रेखा पौडेल, प्रीति राई, रश्मीकुमारी घिसिङ, अनिता लाम्जेल र दीपा शाही रहेका छन् । बङ्गलादेशविरुद्धको खेलमा प्रशिक्षक न्यौपानेले आज चार खेलाडी परिवर्तन गरेका छन् । जसमा एन्जिला तुम्बापो सुब्बा, पूजा राना, प्रीति राई र अनिता लम्जेल रहेका छन् । उनीहरूले श्रीलङ्कासँग खेलेका थिएनन् ।

बङ्गलादेशले पनि कप्तान मारिया मन्डासहित ११ खेलाडीको नाम सार्वजनिक गरेको छ । कप्तान मारियासहित माइले अख्तर, शाम्सुन्नाहर, अफेदा खन्दाकर, कोहाती किस्कु, मस्त मोमिता खातुन, अनिका रानिया सिद्दिकी, उमेहा मरमा, साउरा अखन्दर प्रिटी, मस्त सुरोभी अख्तर अरफिन र रितु पोर्ना चक्मालाई सुरुआती टोलीमा समावेश गरेको हो ।

समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनल पुगेका दुवै टोलीबीचको प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । नेपाल घरेलु समर्थकको उत्साहसँगै फाइनल पुग्ने लक्ष्यमा रहेको छ भने यता बङ्गलादेश पनि लगातार सफलताको लय कायम राख्न चाहन्छ ।

AdvertisementAds

यसअघि पटकपटक फाइनल पुगे पनि उपाधिबाट वञ्चित हुँदै आएको नेपालले बङ्गलादेशलाई हराउर्दै फाइनल पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ । नेपालले समूह चरणको खेलमा श्रीलङ्का र भुटानलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । यता बङ्गलादेशले माल्दिभ्सलाई हराएको थियो भने भारतसँग पराजित भएको थियो । नेपाल र बङ्गलादेशबीचको खेल स्थानीय समयअनुसार ४ः०० सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स