instainsta

नेपाललाई ग्रे लिस्टमा पुर्‍याउने वर्तमान सरकार होइन, अरु कोही छ: अर्थमन्त्री विष्णु पौडेल

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २१ गते
नेपाललाई ग्रे लिस्टमा पुर्‍याउने वर्तमान सरकार होइन, अरु कोही छ: अर्थमन्त्री विष्णु पौडेल
AdvertisementAds

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले वर्तमान सरकारको दोष नभइ अन्य पक्षको कारणले मुलुक ‘ग्रे लिस्ट’मा परेको बताउँदै यस बारेमा आगामी सदनमा ह्वाइट पेपर लिएर विस्तृत जानकारी दिने बताएका छन्। बुधबारका आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेशबारे उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने, “अहिले हामी सघन निगरानीमा छौं। जसलाई हामी ग्रे लिस्ट भनिरहेका छौं। सरकारको कमिटमेन्ट छ, सरकारले निर्धारित समयमा निर्धारित काम सम्पन्न गरेर ग्रे लिस्टबाट निकाल्छौं।” उनले थपे “ग्रे लिस्टमा मुलुकलाई लग्नका निम्ति यो सरकारले होइन अरु कसैले, जसका बारेमा सदनसमक्षम म ह्वाइट पेपर लिएर उपस्थित हुनेछु,’

ग्रे लिस्टबाट बाहिरिनका लागि दुई वर्षको समय उपलब्ध भए पनि सरकार निर्धारित समयभन्दा चाँडै बाहिर निकाल्न अर्थमन्त्री पौडेलले स्पष्ट पारे।‘हामीलाई २ वर्षको समय उपलब्ध छ । त्यो भन्दा अगाडि नै मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स