नेपाली महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ अब अस्ट्रेलियाको प्रतिष्ठित ए-लिग वुमनमा खेल्ने भएकी छन्। उनले न्युजिल्याण्डस्थित वेलिङटन फोनिक्स क्लबसँग दुई सिजनका लागि सम्झौता गरेकी हुन्।
फ्रान्स, इजरायल र भारत हुँदै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रमाणित गरेकी साम्बाले फोनिक्समा आबद्ध हुनुले नेपाली फुटबलको लागि ठूलो उपलब्धि मानिएको छ। उनले भारतमा २४ खेलमा ६० गोल गर्दै कीर्तिमान बनाएकी थिइन् भने फ्रान्सको टप लिगमा पनि खेलिसकेकी छन्।
राष्ट्रिय टोलीमा ६६ गोल गर्दै उनी सर्वाधिक गोलकर्ता बनेकी छन्। अब उनी दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकरको रूपमा वेलिङटनबाट नेपाली फुटबलको झण्डा अझ उच्च बनाउने तयारीमा छिन्।





















![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-150x150.jpg)
प्रतिकृया