गृहमन्त्री लेखकको राजीनामा माग भइरहेका बेला कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ ११ गते
गृहमन्त्री लेखकको राजीनामा माग भइरहेका बेला कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक सोमबार बिहान ९ बजेका लागि बोलाएका छन्। बैठक देउवाको निवास बुढानीलकण्ठमा बस्नेछ। बैठकको प्रमुख एजेन्डा क्रियाशील सदस्यता नवीकरणको विषय हो। महामन्त्री गगन थापाले सदस्यता व्यवस्थापन समितिको संयोजकको हैसियतले अहिलेसम्मको प्रगति र नवीकरणको अवस्था बारे ब्रिफिङ दिनेछन्। कांग्रेसले क्रियाशील सदस्यता नवीकरणका लागि असार मसान्तसम्मको समयसीमा तोकेको छ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने पौडेलले जानकारी दिए। हालै गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेपछि गृहमन्त्रीको सचिवालय मुछिएको भन्दै मन्त्रीको राजीनामा माग गरिएको सन्दर्भमा समेत बैठकमा छलफल हुने अपेक्षा गरिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स