नेपाली कांग्रेसले आजदेखि ‘मिसन रोजगारी’ अभियान सुरु गर्ने भएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले “राजनीतिक विमर्शको केन्द्रमा रोजगार–सरकारको प्राथमिकतामा रोजगार” भन्ने लक्ष्यका साथ अभियान सञ्चालन गर्न लागेका हुन्।
यस अभियान अन्तर्गत रोजगारी सिर्जना गर्न सकिने माध्यम, क्षेत्र, तथा नीतिगत अवस्थालगायत विषयमा वर्षभरि नै छलफल तथा बहस हुने छ। रोजगार प्रवर्द्धनका उपायहरूबारे व्यापक संवाद गर्न उद्देश्यले यो अभियान थालिएको हो।
एक वर्षसम्म सञ्चालन हुने अभियानको औपचारिक सुरुवात आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा हुनेछ। उद्घाटन सत्रमा “अब रोजगारका कुरा गरौं” विषयमा गोलमेच छलफल आयोजना गरिनेछ।

















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया