नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्दै आगामी निर्वाचनका लागि चुनावी अभियानमा जाने तयारी गरेको छ। शुक्रबार (माघ ९) बस्ने केन्द्रीय कार्यसमिति बैठकमा सभापतिलाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सारेर चुनावमा जाने विषयमा छलफल हुने नेताहरूले बताएका छन्।
उपसभापति पुष्पा भुसालका अनुसार, बैठकको एजेन्डामध्ये सभापतिलाई प्रधानमन्त्री घोषणा गर्ने प्रस्तावसमेत रहेको छ। थापा उम्मेदवार रहेको निर्वाचन क्षेत्र सर्लाही–४ मा ‘अबकी बार गगन सरकार’ ब्यानरसहित प्रचार सुरु भइसकेको छ।
प्रतिद्वन्द्वी दलहरू पनि आफ्ना भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिसकेका छन्; एमालेले केपी शर्मा ओली र रास्वपाले बालेन्द्र शाह (बालेन) लाई अघि सार्दै चुनावी प्रचारमा छन्।
कांग्रेसको इतिहासमा आमनिर्वाचनअघि सभापति घोषणा गर्ने यो निर्णय दोस्रोपटक हुनेछ। २०५६ सालमा कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेसले स्पष्ट बहुमत हासिल गरेको थियो।



















प्रतिकृया