नेपाल टेलिकमले आफ्ना थ्रीजी सेवा बन्द गर्ने तयारी थालेको छ। यस क्रममा कम्पनीले थ्रीजी ग्राहकहरूलाई फोरजी सिममा रूपान्तरण गर्न आग्रह गरेको छ।
कम्पनीका अनुसार हाल टुजी वा थ्रीजी मात्र सपोर्ट गर्ने पुराना सिम प्रयोग गरिरहेका ग्राहकलाई सन्देश र भ्वाइस कलमार्फत सिम परिवर्तनको सूचना पठाइसकिएको छ। ग्राहकहरूले नजिकको नेपाल टेलिकम कार्यालयमा गएर आफ्नो सिम निःशुल्क फोरजी सिममा परिवर्तन गर्न सक्ने कम्पनीले जनाएको छ।
सिम रूपान्तरणका लागि ग्राहकले आफ्नो परिचय खुल्ने आधिकारिक कागजात: नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी वा सवारी चालक अनुमतिपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ। फोरजी सेवा सपोर्ट गर्ने सिम प्रयोग गरिरहेका ग्राहकले स्टार ४४४ ह्यास डायल गरी फोरजी र भोल्टे सेवा सक्रिय गर्न सक्ने जानकारी दिएको छ।















प्रतिकृया